तिमी गयौ मुटु छोडी बनाई टुहुरा।। हात मेरो सबै खाली फुटाएर चुरा।। ईश्वरले खोसी दियो धडकन मुटु।। बारम्बार छाती भित्र धसाएर छुरा।। एक्लो म भएँ आमा जगत मा अब।। जता ततै विधु...
जिन्दगानी भारी भयो बोक्न सकिन।। आँखा बाट आँसु झर्यो रोक्न सकिन।। नाशवान भौतिक मा रोग लाग्यो कि।। दुख्छ छाती घरि घरि खोक्न सकिन।। लुलो भयो हात गोडा लाचार भएँ म।। बलेसीको...
तन जवानी लिलाम किन गर्छ्यौ।। तिमी जीवनको दाम किन गर्छ्यौ।। लुकेर हिड्यौ नी मलाई नसोधी।। मनो मानी ढंग काम किन गर्छ्यौ।। यहाँ त धनको लीला अचम्म छ।। मेरो थैली छल छाम किन गर्छ्यौ।। झुटो बोलेर जिन्दगी मैलो पारी।। पाप धुन यात्रा धाम किन गर्छ्यौ।। अँध्यारो यात्राले गले पछि तिमी।। मुखमा लौ नाम राम किन गर्छ्यौ।। प्रकाशमणि खनाल गोल्धाप-४,झापा.
जीवन रित्याउने काल बुझिन।। जमेको समुन्द्रको छाल बुझिन।। ईश्वर अधिकार खुन नशामा।। मुटुमा धड्कनको चाल बुझिन।। दुःखमा पिडा किन मन मुटुमा।। सुखमा हाँस्नै पर्ने हाल बुझ...
नबोलेर पाउ किन जमीनमा दल्छ्यौ तिमी।। मुटुलाई दुखाएर व्यर्थै किन जल्छ्यौ तिमी।। चलेको छ हाम्रो प्रेम माया चर्चा सम्बन्धको।। कति दिन कुरा हरु लुकाएर छल्छ्यौ तिमी।। व्यवधान बाधा हुन्छ हामी यहाँ संगै बस्दा।। परिवार समाजमा टाढा हुँदा गल्छ्यौ तिमी।। औंसी रात भए पनि मेरो सारा जिन्दगीमा।। अन्धकार हटाउँदै धप धपी बल्छ्यौ तिमी।। लानेछु म तिमी लाई नौलो ठाउँ एकान्तमा।। घरबार सजाउँला भन आजै चल्छ्यौ तिमी।। प्रकाशमणि खनाल गोल्धाप-४,झापा.
जीवनको अवधि छ धड्कन अनौठो।। मायालुको बिछोडमा तड्पन अनौठो।। बाचुन्जेल लुक्षाचुडी मानो र मुठ्ठीमा।। परदेशी जिन्दगानी उल्झन अनौठो।। आजकल नेपालमा ढर्राको सुविधा।। मोजमस्ती अनि रहन सहन अनौठो।। रुढि वादी परम्परा बोक्सी र अछुत।। यहाँ आफ्नै समाजमा चलन अनौठो।। अलौकिक जिन्दगानी जन्म र मरण।। आयौं हामी जानु पर्छ जीवन अनौठो।। प्रकाशमणि खनाल गोल्धाप-४,झापा.
स्वागतम हृदय मा पस्ने भए आउ।। संग संगै जीवन मा बस्ने भए आउ।। खुशी दिन्छु सधैंभरि भरपुर माया।। मेरो नाम सिन्दुर नै घस्ने भए आउ।। शुभ लग्न विवाह मा बंधनको गाँठो।। अंगालोम...
समाजमा उसलाई नाम दिनु पर्छ।। बगाउछ पसिना है काम दिनु पर्छ।। बेरोजगारी धेरै भो मेरो मुलुकमा।। युवा लाई हैन भने दाम दिनु पर्छ।। कुपोषण असुबिधा अब बिकट मा।। यत्र तत्र बच्चा लाई माम दिनु पर्छ।। चर्कोघाम पसिनाले तन भिजेकोछ।। थाकेपछि शितलता शाम दिनु पर्छ।। अन्धकार घरभित्र ओसिएका मन।। सुकाउन प्रकाशको घाम दिनु पर्छ।। प्रकाशमणि खनाल झापा.
गोर्खापन मुटु भित्र स्वभाव अझै छ।। जवानी बिताई दिएँ अभाव अझै छ।। ब्यस्ततामा बिताउँछु रातदिन सधैं।। मन मेरो मस्तिष्कमा तनाव अझै छ।। जवानी यो आउदैन फेरी पनि किन।। सृष्ट...
सुमधुर जिन्दगानी मेटाउने नगर।। निठुरीको गाउँ गई भेटाउने नगर।। लिने गर्छन् हात भरि नुन मुठ्ठिमा।। मान्छेलाई चोटहरु देखाउने नगर।। सुमधुर बनाएको रमाईलो गुराँस।। देख...
कलम ले दुःख पिडा छरिरहन्छ।। जिन्दगानी कलम मा परिरहन्छ।। परेली को आँसु सारा मसी बनेर।। कागज मा मेरो आँसु झरिरहन्छ।। गजलमा दुःख दर्द पिडा जीवन।। कागज मा जता सुकै भरिरहन्...
मान्छे मर्दा उत्सव म मनाउन सक्दिनँ।। मृत्युलाई आफु देखि भगाउन सक्दिनँ।। खहरे झैं बिलाउने जिन्दगानी रफ्तार।। एकै ठाउँ भेला पारी समाउन सक्दिनँ।। तिव्रगति समय छ जिन्द...
जसलाई पाएँ माया लाउँन सकिन।। कसैलाई चाहेको थें पाउँन सकिन।। उनि विना चुहिदैछ कटेरो जिन्दगी।। ओत लाग्न झुपडीमा छाउँन सकिन।। बिरहको संगीत ले बासुरी तड्पाई।। खुशीयाली रमाईलो गाउँन सकिन।। समाजको उपस्थिति उनको घरमा।। घरि घरि उनि भेट्न धाउँन सकिन।। हात गोडा लुला भाछ जीवन देखेर।। बाँच्न लाई हल गोरु दाउँन सकिन।। प्रकाशमणि खनाल गोल्धाप-४,झापा.
तड्पाई छाती भित्र नसोध हाल मेरो।। नसोध कति बग्छ आँसुको छाल मेरो।। गरीब जाने पछि लत्याई जिन्दगानी।। नखोस खाने यौटा फुटेको थाल मेरो।। दुःख मा पल पल जिन्दगी बिताउँछु।। नसोध छाती भित्र मुटु को चाल मेरो।। अमुल्य जिन्दगानी छोडेर एकान्तमा।। लहरै किन बुन्छौ जिन्दगी जाल मेरो।। अँध्यारो भयो आँखा प्रकाश हटाउदै।। म मर्छु होला आज नखोज काल मेरो।। प्रकाशमणि खनाल गोल्धाप-४,झापा.
नदी भए पानी संगै बहाव हुनु पर्छ।। हृदयमा केही गर्ने स्वभाव हुनु पर्छ।। समाजमा मानवता सवाल गरे भने।। समाधान गर्ने तिम्रो जवाब हुनु पर्छ।। जिन्दगानी पलहरु विशेष बनाउन।। काम प्रति निरन्तर लगाव हुनु पर्छ।। संसारमा असाहय गरीब देखे पछि।। तिम्रो मन दिमागमा तनाव हुनु पर्छ।। प्रकाश त्यो हटाएर औचित्य रहदैन।। गुफाभित्र स्वभावले अभाव हुनु पर्छ।। प्रकाशमणि खनाल गोल्धाप-४,झापा.
सरस्वती पूजा.. आवाज मा सुमधुर बोली भर्नु माता।। हामी लाई ज्ञान पुञ्ज जल छर्नु माता।। शिक्षाज्योति फैलाउदै मनमन्दिरमा।। कुनाकाप्चा बिकटमा अब सर्नु माता।। यातायात छैन अझै पुल खोला भित्र।। विद्या दिदैं गाउँ बस्ती अब सर्नु माता।। अविद्याले ढाकेकोछ मन जिन्दगानी।। पढ्छौं अब स्वर्ग बाट यहाँ झर्नु माता।। अन्धकार भएको छ खोला बाधकछ।। विद्या ल्याई आउनु है नदी तर्नु माता।। प्रकाशमणि खनाल गोल्धाप-४,झापा.
ईशाराले नबोलाउ देख्लान् कसैले।। समचार जता सुकै लेख्लान् कसैले।। ल्याएको छु प्रणय को रातो गुलाब।। आउ लिन पधेरिमा भेट्लान् कसैले।। हल्ला खल्ला भयो भने आज बाटोमा।। मेर...
मेरो फूल खडेरी ले सुकेर गयो।। अचानक हावा आई फुकेर गयो।। प्रणय यो दिवस मा अटल प्रेम।। अमावश्य रात पारी झुकेर गयो।। पाथीभरा भाकल भुलाई सारा।। भाग्य मेरो जीवनमा थुकेर गयो।...
आँसु मेरो रित्याउन बर्षिदैछ आज। चट्याङ्गले मुटु मेरो थर्किदैछ आज।१। खुशीयाली बिताएका पल बिर्सिएर। अचानक मेरो माया झर्किदैछ आज।२। दोबाटो मा भेटे पनि रिसाएर माया। कि...
सारंगी को धुन अब तिमी संगै गाउँछु म। गुराँसको मालाउनि तिमी संगै लाउँछु म।१। टाढा भए पनि तिमी मुटु भित्र सजाकिछु। छाती तिम्रो छामी हेर हृदयमा आउँछु म।२। म पनि त उस्तै छु नि मेलापात जताततै। बिहोसीमा तिमी लाई पल पल पाउँछु म।३। बाटो हेरी बसेकी छु घर तिमी आए पछि। कुहिएको खर छानो तिमी संगै छाउँछु म।४ प्रकाशमणि खनाल गोल्धाप-४, झापा.
आजकल कुराहरु चल्न थालेछन्। आशाहरु दिपकमा बल्न थालेछन्।१। हाम्रो प्यार सम्बन्धमा मुटु दुखाई। समाजमा जताततै जल्न थालेछन्।२। जति जति बिरोधको फुके नरसिंह। उति उति दिय...
जवानीका ज्वारभाट छाल गजब छ। अकस्मात बिलाउने चाल गजब छ।१। माटो लाई छोडे पछि यहाँ प्रवास मा। मृत्यु शैया बाकसको जाल गजब छ।२। परदेशी जीवन मा छोड बिछोड को। मुटु दुख्ने पिडा...