गजल१५२, बैंश छँदा आँखाको नानी....
बैंश छँदा आँखा को नानी बनायौ।।
प्यास मेट्ने जवानी पानी बनायौ।।
जिन्दगानी रसबाट घ्यू निकाल्न।।
मेरो ज्यान ठेकीको मदानी बनायौ।।
तिखो बाण बोलीले आगो लगाई।।
मेरो छाती तिमीले खरानी बनायौ।।
हिरा मोती गहना मणि निकाल्न।।
अलौकिक समुन्द्र खानी बनायौ।।
प्रकाशमणि खनाल
गोल्धाप-४,झापा.
टिप्पणियाँ
एक टिप्पणी भेजें
प्रतिक्रियाको लागि