गजल१६२ स्वागतम हृदय
स्वागतम हृदय मा पस्ने भए आउ।।
संग संगै जीवन मा बस्ने भए आउ।।
खुशी दिन्छु सधैंभरि भरपुर माया।।
मेरो नाम सिन्दुर नै घस्ने भए आउ।।
शुभ लग्न विवाह मा बंधनको गाँठो।।
अंगालोमा हरपल कस्ने भए आउ।।
बालबच्चा हुर्काउन जीवनमा अब।।
गृहस्थी आश्रममा फस्ने भए आउ।।
परालको आगोसरी देखाउदै रिस।।
कर्के तिम्रो नजरले डस्ने भए आउ।।
प्रकाशमणि खनाल
गोल्धाप-४,झापा.
टिप्पणियाँ
एक टिप्पणी भेजें
प्रतिक्रियाको लागि