गजल१६५, जीवन रित्याउने काल...
जीवन रित्याउने काल बुझिन।।
जमेको समुन्द्रको छाल बुझिन।।
ईश्वर अधिकार खुन नशामा।।
मुटुमा धड्कनको चाल बुझिन।।
दुःखमा पिडा किन मन मुटुमा।।
सुखमा हाँस्नै पर्ने हाल बुझिन।।
ढिकुटी सधैँ भरि खाली रहने।।
आहारा गरीबको थाल बुझिन।।
मानव जीवन छ जल जलमा।।
जीवन खहरे को ताल बुझिन।।
प्रकाशमणि खनाल
गोल्धाप-४,झापा.
टिप्पणियाँ
एक टिप्पणी भेजें
प्रतिक्रियाको लागि