गजल-१५१ हृदयमा केही गर्ने
नदी भए पानी संगै बहाव हुनु पर्छ।।
हृदयमा केही गर्ने स्वभाव हुनु पर्छ।।
समाजमा मानवता सवाल गरे भने।।
समाधान गर्ने तिम्रो जवाब हुनु पर्छ।।
जिन्दगानी पलहरु विशेष बनाउन।।
काम प्रति निरन्तर लगाव हुनु पर्छ।।
संसारमा असाहय गरीब देखे पछि।।
तिम्रो मन दिमागमा तनाव हुनु पर्छ।।
प्रकाश त्यो हटाएर औचित्य रहदैन।।
गुफाभित्र स्वभावले अभाव हुनु पर्छ।।
प्रकाशमणि खनाल
गोल्धाप-४,झापा.
टिप्पणियाँ
एक टिप्पणी भेजें
प्रतिक्रियाको लागि