गजल१५७ मान्छे मर्दा उत्सव....
मान्छे मर्दा उत्सव म मनाउन सक्दिनँ।।
मृत्युलाई आफु देखि भगाउन सक्दिनँ।।
खहरे झैं बिलाउने जिन्दगानी रफ्तार।।
एकै ठाउँ भेला पारी समाउन सक्दिनँ।।
तिव्रगति समय छ जिन्दगानी अमुल्य।।
काललाई बोलाउँदै सजाउन सक्दिनँ।।
ढल पल नाउ गर्छ समुन्द्रमा जिन्दगी।।
लुकाउँदै सारा पिडा हटाउन सक्दिनँ।।
मृत्युकाल अटल छ जन्मे पछि मरण।।
जीवन कता जान्छ बताउन सक्दिनँ।।
प्रकाशमणि खनाल
गोल्धाप-४,झापा.
टिप्पणियाँ
एक टिप्पणी भेजें
प्रतिक्रियाको लागि