गजल१६८ तिमी गयौ मुटु छोडी....
तिमी गयौ मुटु छोडी बनाई टुहुरा।।
हात मेरो सबै खाली फुटाएर चुरा।।
ईश्वरले खोसी दियो धडकन मुटु।।
बारम्बार छाती भित्र धसाएर छुरा।।
एक्लो म भएँ आमा जगत मा अब।।
जता ततै विधुवाको चलाएर कुरा।।
सपना मा देखेको थे मेरो मटुलाई।।
बिहानी मा एक्लो भएँ नभएर पुरा।।
पिडा दुःख दैव हेर आज परिवार।।
सक्दिनँ म धान्न अब पढाउन भुरा।।
प्रकाशमणि खनाल
गोल्धाप-४,झापा.
टिप्पणियाँ
एक टिप्पणी भेजें
प्रतिक्रियाको लागि