गजल-१४९ ईशाराले नबोलाउ..

ईशाराले नबोलाउ देख्लान् कसैले।।
समचार जता सुकै लेख्लान् कसैले।।

ल्याएको छु प्रणय को रातो गुलाब।।
आउ लिन पधेरिमा भेट्लान् कसैले।।

हल्ला खल्ला भयो भने आज बाटोमा।।
मेरो मुटु तिमी लाई छेक्लान् कसैले।।

अजम्बरी नाता हाम्रो सयौं जुनीको।।
प्रेम कथा जीवनको मेट्लान् कसैले।।

चिरा चिरा मुटु पारी सारा जिन्दगी।।
चोखो माया प्रेमलाई रेट्लान् कसैले।।

प्रकाशमणि खनाल
गोल्धाप-४,झापा.

टिप्पणियाँ