गजल१४५, आजकल कुराहरु....

आजकल कुराहरु चल्न थालेछन्।
आशाहरु दिपकमा बल्न थालेछन्।१।

हाम्रो प्यार सम्बन्धमा मुटु दुखाई।
समाजमा जताततै जल्न थालेछन्।२।

जति जति बिरोधको फुके नरसिंह।
उति उति दियोहरु बल्न थालेछन्।३।

जिन्दगानी बिताउने मेरो विश्वास।
पाईला यो संग संगै चल्न थालेछन्।४।

माया प्रेम प्रणय को यात्रा बाटोमा।
अवरोध गरि गरि छल्न थालेछन्।५।

प्रकाशमणि खनाल
गोल्धाप-४,झापा.

टिप्पणियाँ