गजल१४४, जवनीका ज्वारभाट....

जवानीका ज्वारभाट छाल गजब छ।
अकस्मात बिलाउने चाल गजब छ।१।

माटो लाई छोडे पछि यहाँ प्रवास मा।
मृत्यु शैया बाकसको जाल गजब छ।२।

परदेशी जीवन मा छोड बिछोड को।
मुटु दुख्ने पिडादायी हाल गजब छ।३।

झुपडीका कथाहरु कस्ले बुझिदिने।
हुँदा थाप्ने घोप्टिएको थाल गजब छ।४।

जवानीका पल पल मणि मुल्यवान।
समुन्द्र मा हराउने काल गजब छ।५।

@प्रकाशमणि खनाल
गोल्धाप-४,झापा

टिप्पणियाँ