गजल१६१, समाजमा उसलाई ..

समाजमा उसलाई नाम दिनु पर्छ।।
बगाउछ पसिना है काम दिनु पर्छ।।

बेरोजगारी धेरै भो मेरो मुलुकमा।।
युवा लाई हैन भने दाम दिनु पर्छ।।

कुपोषण असुबिधा अब बिकट मा।।
यत्र तत्र बच्चा लाई माम दिनु पर्छ।।

चर्कोघाम पसिनाले तन भिजेकोछ।।
थाकेपछि शितलता शाम दिनु पर्छ।।

अन्धकार घरभित्र ओसिएका मन।।
सुकाउन प्रकाशको घाम दिनु पर्छ।।

प्रकाशमणि खनाल
झापा.

टिप्पणियाँ