गजल१५५, जसलाई पाएँ ...
जसलाई पाएँ माया लाउँन सकिन।।
कसैलाई चाहेको थें पाउँन सकिन।।
उनि विना चुहिदैछ कटेरो जिन्दगी।।
ओत लाग्न झुपडीमा छाउँन सकिन।।
बिरहको संगीत ले बासुरी तड्पाई।।
खुशीयाली रमाईलो गाउँन सकिन।।
समाजको उपस्थिति उनको घरमा।।
घरि घरि उनि भेट्न धाउँन सकिन।।
हात गोडा लुला भाछ जीवन देखेर।।
बाँच्न लाई हल गोरु दाउँन सकिन।।
प्रकाशमणि खनाल
गोल्धाप-४,झापा.
टिप्पणियाँ
एक टिप्पणी भेजें
प्रतिक्रियाको लागि