गजल- आँसु मेरो रित्याउन.....

आँसु मेरो रित्याउन बर्षिदैछ आज।
चट्याङ्गले मुटु मेरो थर्किदैछ आज।१।

खुशीयाली बिताएका पल बिर्सिएर।
अचानक मेरो माया झर्किदैछ आज।२।

दोबाटो मा भेटे पनि रिसाएर माया।
किन किन नचिनेर तर्किदैछ आज।३।

चाँद मेरो ढाकी दियो ग्रहणले फेरि।
अँध्यारोमा मेरो मन तर्सिदैछ आज।४।

निठुरीले घात गरी छोडे पछि मुटु।
हराएको मणि लाई पर्खिदैछ आज।५।

प्रकाशमणि खनाल
गोल्धाप-४,झापा.

टिप्पणियाँ