गजल१४६, सारंगी को धुन .....

सारंगी को धुन अब तिमी संगै गाउँछु म।
गुराँसको मालाउनि तिमी संगै लाउँछु म।१।

टाढा भए पनि तिमी मुटु भित्र सजाकिछु।
छाती तिम्रो छामी हेर हृदयमा आउँछु म।२।

म पनि त उस्तै छु नि मेलापात जताततै।
बिहोसीमा तिमी लाई पल पल पाउँछु म।३।

बाटो हेरी बसेकी छु घर तिमी आए पछि।
कुहिएको खर छानो तिमी संगै छाउँछु म।४

प्रकाशमणि खनाल
गोल्धाप-४, झापा.

टिप्पणियाँ