गजल१५३, तड्पाई छाती ...
तड्पाई छाती भित्र नसोध हाल मेरो।।
नसोध कति बग्छ आँसुको छाल मेरो।।
गरीब जाने पछि लत्याई जिन्दगानी।।
नखोस खाने यौटा फुटेको थाल मेरो।।
दुःख मा पल पल जिन्दगी बिताउँछु।।
नसोध छाती भित्र मुटु को चाल मेरो।।
अमुल्य जिन्दगानी छोडेर एकान्तमा।।
लहरै किन बुन्छौ जिन्दगी जाल मेरो।।
अँध्यारो भयो आँखा प्रकाश हटाउदै।।
म मर्छु होला आज नखोज काल मेरो।।
प्रकाशमणि खनाल
गोल्धाप-४,झापा.
टिप्पणियाँ
एक टिप्पणी भेजें
प्रतिक्रियाको लागि