गजल-१६६ तन जवानी लिलाम...

तन जवानी लिलाम किन गर्छ्यौ।।
तिमी जीवनको दाम किन गर्छ्यौ।।

लुकेर हिड्यौ नी मलाई नसोधी।।
मनो मानी ढंग काम किन गर्छ्यौ।।

यहाँ त धनको लीला अचम्म छ।।
मेरो थैली छल छाम किन गर्छ्यौ।।

झुटो बोलेर जिन्दगी मैलो पारी।।
पाप धुन यात्रा धाम किन गर्छ्यौ।।

अँध्यारो यात्राले गले पछि तिमी।।
मुखमा लौ नाम राम किन गर्छ्यौ।।

प्रकाशमणि खनाल
गोल्धाप-४,झापा.

टिप्पणियाँ