गजल-१६७, जिन्दगानी भारी भयो....
जिन्दगानी भारी भयो बोक्न सकिन।।
आँखा बाट आँसु झर्यो रोक्न सकिन।।
नाशवान भौतिक मा रोग लाग्यो कि।।
दुख्छ छाती घरि घरि खोक्न सकिन।।
लुलो भयो हात गोडा लाचार भएँ म।।
बलेसीको किलो पनि ठोक्न सकिन।।
एक्लो मेरो जिन्दगानी गाउँ बस्तीमा।।
पानी ल्याउ यहाँ भनि तोक्न सकिन।।
दिक्क लाग्छ आजकल सारा भुलाई।।
सराब को चुस्की नशा धोक्न सकिन।।
प्रकाशमणि खनाल
गोल्धाप-४,झापा.
टिप्पणियाँ
एक टिप्पणी भेजें
प्रतिक्रियाको लागि