गजल१६९, मैले तिम्रो जीवनको ...
मैले तिम्रो जीवनको राज बुझिन।।
चाँदनी रातमा काम काज बुझिन।।
मुटु लाई चिरा पारी भयौ पराया।।
सिउँदोमा सिन्दुरको ताज बुझिन।।
अस्मिता हराउने तिम्रो बोलीमा।।
आडम्बर झुटो श्रम लाज बुझिन।।
नजरले तर्छ्यौ भन रात बिताई।।
घुरि हेर्ने चिल होकि बाज बुझिन।।
प्रेमी लाई लत्याएर गरे बिवाह।।
सब जन निठुरी समाज बुझिन।।
प्रकाशमणि खनाल
गोल्धाप-४,झापा.
टिप्पणियाँ
एक टिप्पणी भेजें
प्रतिक्रियाको लागि