गजल१६०, गोर्खापन मुटु भित्र...

गोर्खापन मुटु भित्र स्वभाव अझै छ।।
जवानी बिताई दिएँ अभाव अझै छ।।

ब्यस्ततामा बिताउँछु रातदिन सधैं।।
मन मेरो मस्तिष्कमा तनाव अझै छ।।

जवानी यो आउदैन फेरी पनि किन।।
सृष्टि कर्ता संग मेरो जवाव अझै छ।।

समुन्द्रमा घरिघरि ज्वारभाट पानी।।
जिन्दगानी लगातार बहाव अझै छ।।

अभाव ले बिदेशीनु मणि सुन भनि।।
प्रवासमा कामैकाम लगाव अझै छ।।

प्रकाशमणि खनाल
गोल्धाप-४,झापा.

टिप्पणियाँ