गजल१६४, मुटुलाई दुखाएर...

नबोलेर पाउ किन जमीनमा दल्छ्यौ तिमी।।
मुटुलाई दुखाएर व्यर्थै किन जल्छ्यौ तिमी।।

चलेको छ हाम्रो प्रेम माया चर्चा सम्बन्धको।।
कति दिन कुरा हरु लुकाएर छल्छ्यौ तिमी।।

व्यवधान बाधा हुन्छ हामी यहाँ संगै बस्दा।।
परिवार समाजमा टाढा हुँदा गल्छ्यौ तिमी।।

औंसी रात भए पनि मेरो सारा जिन्दगीमा।।
अन्धकार हटाउँदै धप धपी बल्छ्यौ तिमी।।

लानेछु म तिमी लाई नौलो ठाउँ एकान्तमा।।
घरबार सजाउँला भन आजै चल्छ्यौ तिमी।।

प्रकाशमणि खनाल
गोल्धाप-४,झापा.

टिप्पणियाँ