गजल-१६३, जीवनको अवधि छ..
जीवनको अवधि छ धड्कन अनौठो।।
मायालुको बिछोडमा तड्पन अनौठो।।
बाचुन्जेल लुक्षाचुडी मानो र मुठ्ठीमा।।
परदेशी जिन्दगानी उल्झन अनौठो।।
आजकल नेपालमा ढर्राको सुविधा।।
मोजमस्ती अनि रहन सहन अनौठो।।
रुढि वादी परम्परा बोक्सी र अछुत।।
यहाँ आफ्नै समाजमा चलन अनौठो।।
अलौकिक जिन्दगानी जन्म र मरण।।
आयौं हामी जानु पर्छ जीवन अनौठो।।
प्रकाशमणि खनाल
गोल्धाप-४,झापा.
टिप्पणियाँ
एक टिप्पणी भेजें
प्रतिक्रियाको लागि