गजल१५९, सुमधुर जिन्दगानी...

सुमधुर जिन्दगानी मेटाउने नगर।।
निठुरीको गाउँ गई भेटाउने नगर।।

लिने गर्छन् हात भरि नुन मुठ्ठिमा।।
मान्छेलाई चोटहरु देखाउने नगर।।

सुमधुर बनाएको रमाईलो गुराँस।।
देखाउदै यहाँ हात लेटाउने नगर।।

नरुवाउ मनलाई दुखाउदै हृदय।।
पापी छुरा गर्दनमा रेटाउने नगर।।

प्रकाशमणि खनाल
गोल्धाप-४,झापा.

टिप्पणियाँ