गजल-१५६, मायालुको कंगना

मायालुको कंगना र चुराको याद आयो।।
रमाउँदै खेलेका ती भुराको याद आयो।।

मिठो पल उनि संगै जिन्दगी बिताएका।।
यात्रा भरी रमाईलो कुराको याद आयो।।

मायालाई भेटे पछि जिन्दगी बिताउन।।
लगन त्यो विवाहमा जुराको याद आयो।।

अर्द्धांगिनी मुटु भित्र सकुन भित्र्याएको।।
सुमधुर संकल्प त्यो पुराको याद आयो।।

कर्म बाँकी कयौं त्यसै जिन्दगी अलपत्र।।
प्रवासमा आकांक्षा अधुराको याद आयो।।

प्रकाशमणि खनाल
गोल्धाप-४,झापा.

टिप्पणियाँ