गजल-१४८ मेरो फूल...
मेरो फूल खडेरी ले सुकेर गयो।।
अचानक हावा आई फुकेर गयो।।
प्रणय यो दिवस मा अटल प्रेम।।
अमावश्य रात पारी झुकेर गयो।।
पाथीभरा भाकल भुलाई सारा।।
भाग्य मेरो जीवनमा थुकेर गयो।।
सुनसान एकान्तमा लगेर आज।।
परायाको अंगालोमा लुकेर गयो।।
घात गरी दिवस मा छोपेर माया।।
मुटु लाई पासो थापि ढुकेर गयो।।
प्रकाशमणि खनाल
गोल्धाप-४,झापा.
टिप्पणियाँ
एक टिप्पणी भेजें
प्रतिक्रियाको लागि