शाकाहार जीवनको आधार
जस्तै तामस ल्याउँछौ घर तिमी खाद्यान्न के को पर्यो।
त्यस्तै हुन्छ विचार मानिस अहो त्यो पेट के ले भर्यो॥
शाकाहार गरेर सात्विक बने आलस्यता छुट्दछ।
मांसाहार र मद्यपान तमले नाता सबै टुट्दछ॥
यस्तो द्वेष गरेर त्यो विषमता ल्यायौ तिमीले किन।
आफैँ द्वन्द्व गरेर के सतहमा आयौ तिमी के लिन॥
भेडा कृत्य कुकर्म बढ्छ किन हे मान्छे विधर्मी भए।
एक्कासी जन हे तमोगुण हुँदा सारा अधर्मी भए॥
नालीमा पनि जिन्दगी कति परे लठ्ठै बनाए कति।
अत्याचार गरेर दुष्ट मनले बन्दैन राम्रो मति॥
हिंसाले मन बुद्धि बन्धन हुने यस्तो कुरा छोड्नु छ।
साच्चै शुद्ध विचारले अब भने यो जिन्दगी जोड्नु छ॥
दैवी सम्पद भित्र मानव कयौँ हिंसा नगर्ने भए।
कोही क्रोध घमण्डको अनलले हे आसुरीमा गए॥
जागौं सत्य सनातनी अब सबै आस्था भए धर्ममा।
बाच्नेछन् मन भित्र संस्कृतिहरू गर्दै गए कर्ममा॥
आफैंमा अपराध हुन्छ मनले हिंसा न त्याग्ने भए।
आफैँ मर्दछ हे स्वयं जगतमा त्यो क्रोध आफैँ गरे॥
भाषा धर्म र शान्ति संस्कृतिहरू त्याग्ने हरू हो सुन।
गाह्रो पर्दछ प्राप्त गर्न जन हो संसारमा लौ पुनः॥
छन्द - शार्दूलविक्रीडित
रचना ✍️ प्रकाशमणि खनाल
हल्दिवारी १ गोलधाप , झापा
टिप्पणियाँ
एक टिप्पणी भेजें
प्रतिक्रियाको लागि