जिन्दगी मस्त छ
आज मान्छे कता खै कता रात्रिमा।
मस्त पानी भरेको छ त्यो छातिमा॥
जिन्दगी यो कयौँ पुण्यले मिल्दछ।
देह पक्कै सबै भूमिमा मिल्दछ॥
स्वादका लागि बाँच्ने यहाँ भेटिए।
जिन्दगी सोमले हे कयौँ मेटिए॥
छैन उद्देश्य खाली छ तिम्रो मति।
हुन्न राम्रो कुनै दिव्य तिम्रो गति॥
जाँडरक्सी नशा भाव अर्कै भयो।
चेतना बिग्रियो शान अर्कै भयो॥
भाव श्रद्धा घट्यो क्रूर हिंसा बढ्यो।
चेतना बिग्रियो भाव माया घट्यो॥
सोम त्यो पानले जिन्दगी लठ्ठ छ।
लठ्ठ त्यो जिन्दगी नालिमा मस्त छ॥
त्यो अलग्गै जहाँ वृत्ति नौलो भयो।
वृत्ति त्यो बाट मान्छे नयाँ हे भयो॥
हेर तिम्रो कुनै शक्ति इच्छा भए।
सोच आधार बाँच्ने कुनै लौ भए॥
खै कसैले चिनेनन् यहाँ जिन्दगी।
त्यो नशामा डुबाए यहाँ जिन्दगी॥
छन्द - स्रग्विणी
रचना ✍️ प्रकाशमणि खनाल
टिप्पणियाँ
एक टिप्पणी भेजें
प्रतिक्रियाको लागि