अभिनय गर्छन्

कोही  चिनेर  पनि   नचिने  झैँ  अभिनय गर्छन्।
कोही आफन्त झैँ नजीक आएर परिचय गर्छन्॥

यौवन    सौन्दर्यको   मदमा   मात्तिएछ मान्छे।
चिता  बिर्सिएर   अहङ्कार   कतिपय  गर्छन्॥

झरना झरिरह्यो हेर  ढुङ्गामा  खल्डो  परिरह्यो।
जसले पनि निरन्तरता दियो भने विजय गर्छन्॥

बाहिर   झुटै  झुटो मात्रै  यदि भेट्नु भयो  भने।
त्यो भट्टि छिर्नु साँचो बोल्दै ज्यान विलय गर्छन्॥

हत्या हिंसा अनि बलत्कारबाट आजित मानिस।
यौटा  सज्जन  पुरुष  प्रति  पनि  संशय  गर्छन्॥

प्रकाशमणि खनाल
हल्दिबारी १ गोलधाप झापा

टिप्पणियाँ