जवानीको के फाइदा
त्यो बलिष्ठ जवानीको के फाइदा।
विना निद विहानीको के फाइदा।।१
इत्र छर्की सुगन्धित बनाए पनि।
मन बलेको खरानीको के फाइदा।।२
बाचुन्जेल दौलत उ कमाइ रह्यो।
मृत्यु पश्चात् लगानीको के फाइदा।।३
ठेकी बाट त्यो नौनी निकाले पछि।
मोही भित्र मदानीको के फाइदा।।४
दुःखी देख्दा कतै मन रुदैन भने।
ती आँखाको पानीको के फाइदा।।५
प्रकाशमणि खनाल
हल्दिबारी १ गोलधाप
टिप्पणियाँ
एक टिप्पणी भेजें
प्रतिक्रियाको लागि