सफलता विनाका जिन्दगी


सफलता  विनाका जिन्दगी गल्दा रहेछन्।
अरुको  खुशीले कति कति जल्दा रहेछन्।।१

आजकल  सूर्यको तापले सुकेर जिन्दगी।
सानो झिल्काले मरुभूमिमा बल्दा रहेछन्।।२

मानव जीवन भौतिकवादी  भएर  सायद।
पारिजात माथि  कुल्चिएर चल्दा  रहेछन्।।३

चाप्लुसी र चम्चागिरी मा विश्वास गर्नेहरु।
कतै गोडा पाउ चिल्लो घसी मल्दा रहेछन्।।४

शीतले भिजेको सिरक डसना झुपडीमा।
बादलहरु प्रकाश  खै किन छल्दा रहेछन्।।५

© Prakashmani Khanal
हल्दिबारी १ झापा.

टिप्पणियाँ