म भानु ....

नेपाली जन आज आदिकविको साहित्यले भो धनि।
रम्घा   क्षेत्र  चुँदी  सुरम्य तनहूँ  हाँस्दैछ  आज  पनि।।
भाषामा कति योगदान उनको लौ भानु भै चम्कियो।
नेपाली जन  शब्द  अक्षर  बनी  ती पुंष मा फैलियो।।१

घाँसीले  त कुवा खनाउँछ भने   त्यो घाँस काटेर नी।
मेरो नाम  कुवा  रहन्छ  जगमा  भन्दैछ   मर्दा  पनि।।
यस्तो शब्द सुनेर भानु जब त्याँ सोच्दा भए आखिर।
नेपाली  जनमा   अनेक   रचना   पुर्याउने   खातिर।।२

नेपाली जनको नजीक  मनको  थेगो  निकाली सब।
त्यस्तो  ज्ञान र  सीप  नष्ट  नगरी  गर्नेछु  केही  अब।।
त्यो  साधारण  शब्द  गाउँ  घरको   लेखेर  रामायण।
भन्दै ती  जन  फूल  झैं  सब  उने  माला  बनाईकन।।३

एक्दिन् नारद सत्य लोक् पुगि गया उद्घोष गर्दै तिमी।
पुग्यौ आँगनमा अनेक मनमा  ब्रह्माण्डमा  छौ  तिमी।।
तिम्रो काव्य पढेर लोक  जनमा  भातृत्व  बढ्दै  गयो।
नेपाली पन  जन्म  कर्म  घरको  संघार  प्यारो  भयो।।४

©प्रकाशमणि खनाल
हल्दिबारी १ गोलधाप

टिप्पणियाँ