आमा बुबा छहारी लाग्छ
गजल
कसैलाई जीवन दाता भारी लाग्छ।
कसैलाई आमा बुबा छहारी लाग्छ।
मलाई अन्त्येष्टि गरेर जलाएको ठाउँ।
तिमीलाई चाहिँ चिहानघारी लाग्छ।
कुनै उद्देश्य होला त्यो ईश्वरको पनि।
राम्रो र नराम्रो कसैलाई दारी लाग्छ।
कसैले त्यो ढोंगी पाखण्डी हो भन्छन्।
कसैलाई त्यो तपस्वी जटाधारी लाग्छ।
सासु ससुरा वृद्धाश्रम जान रोक्ने हरु।
मलाई ती जगतकै उत्कृष्ट नारी लाग्छ।
प्रकाशमणि खनाल
हल्दिबारी १ गोलधाप
टिप्पणियाँ
एक टिप्पणी भेजें
प्रतिक्रियाको लागि