करबाट थलिएको छ
उता परदेशी छोरा बगरबाट थलिएको छ।
यता उसको परिवार करबाट थलिएको छ।
कसैलाई कत्ति हो कत्ति बाँच्ने रहर जाग्छ।
कोही चैं मर्छु भन्दै जहरबाट थलिएको छ।
यहाँ बाँच्नु मात्रै पर्छ के-के देखिन्छ के-के।
कोही प्रेमिकाको अधरबाट थलिएको छ।
यहाँ योजना बन्छ अनि ठुल्ठुला कुरा हुन्छ।
विरोजगारी चैं आफ्नै घरबाट थलिएको छ।
कतै धामी कतै झाक्री कतै लागलगन हरे।
अन्धविश्वासी भन्छ नजरबाट थलिएको छ।
प्रकाशमणि खनाल
हल्दिबारी १ गोलधाप
झापा.
टिप्पणियाँ
एक टिप्पणी भेजें
प्रतिक्रियाको लागि