नहरमा झर्छ
कोही नहरमा झर्छ अनि सकिन्छ।
कोही बगरमा मर्छ अनि सकिन्छ।
कति सामान्य भयो यो मृत्यु पनि।
कोही भिडमा पर्छ अनि सकिन्छ।
जान्दाजान्दै किटनाशक विषादी।
जब मुटुसम्म सर्छ अनि सकिन्छ।
एचआइभी अनुहारले चिनिन्न है।
जब अधरले हर्छ अनि सकिन्छ।
प्रकाशमणि खनाल
हल्दिबारी १ गोलधाप
टिप्पणियाँ
एक टिप्पणी भेजें
प्रतिक्रियाको लागि