तिमी र हावाहुरी
तिमी र हावाहुरी उस्ता उस्तै लाग्छ।
कटु वचन र खुकुरी उस्ता उस्तै लाग्छ।
हत्कडी लगाएको कैदि त्यो कारागार।
मुग्लानी र मजदुरी उस्ता उस्तै लाग्छ।
वर्षायाममा भ्यागुतो ट्वार् ट्वार् गर्ने।
मेलम्चीको चुरीफुरी उस्ता उस्तै लाग्छ।
डढेलो लागेको जंगल र धुँवाको मुस्लो।
राजधानी कान्तिपुरी उस्ता उस्तै लाग्छ।
प्रकाशमणि खनाल
हल्दिबारी १ गोलधाप
टिप्पणियाँ
एक टिप्पणी भेजें
प्रतिक्रियाको लागि