किनारा दिन

डगमगाएको नाउलाई किनारा दिन।
किन  हिच्किचाउँछ्यौ  सहारा दिन।

तिम्रो नक्षत्रपुञ्जमा अड्किएको छु।
कन्जुस्याइँ नगर प्रिये! सितारा दिन।

भकारो सोरेपनि  गोठालो  गरेपनि।
म सक्षम छु आफुलाई गुजारा दिन।

म गन्तब्य विहिन भइ घुमिरहेको छु।
आउन हजुर एक पल्ट  इशारा दिन।

राखे राख झिके झिक  तिम्रो खुशी।
म तयार छु है तिमीलाई बंगारा दिन।

प्रकाशमणि खनाल
हल्दिबारी १ गोलधाप

टिप्पणियाँ