डकार्दै भुँडी भरिन्छ

इष्टदेवको नाम गरी खुन छरिन्छ।
अनि आफैं डकार्दै भुँडी भरिन्छ।

किन बिग्रिँदै छ खै हाम्रो संस्कार।
यसरी कसरी जीवन पार तरिन्छ।

मान्छे जन्मिन्छ साहाकारी भएर।
पाञ्चभौतिकमा नै किन चरिन्छ।

स्वादे जिब्रोलाई जति चटाएपनि।
मृत्युको मुखमा  एकदिन परिन्छ।

जीवको तनलाई पनि आजकाल।
भुँडीमा किन दाहसंस्कार गरिन्छ।

प्रकाशमणि खनाल
हल्दिबारी -१ गोलधाप
झापा नेपाल

टिप्पणियाँ