वासनाले अघाएपछि फेरि उस्तै....
मान्छे वासनाले अघाएपछि फेरि उस्तै।
छेपारो पनि घाम उदाएपछि फेरि उस्तै।।१
भौतिक सुखमा रमाउने घाट गएपनि।
ती मलामी लास डढाएपछि फेरि उस्तै।।२
भोक प्यासले ग्रसित जिन्दगानीहरु।
जलान्न उदरमा लगाएपछि फेरि उस्तै।।३
त्यो नेत्रहिन भयो निर्वाचन जितेपछि।
जनताले सांसद बनाएपछि फेरि उस्तै।।४
कंगाल हुँदा तनाव दौलत हुँदा तनाव।
आनन्दम् ब्रह्म नपाएपछि फेरि उस्तै।।५
प्रकाशमणि खनाल
हल्दिबारी १ झापा.
टिप्पणियाँ
एक टिप्पणी भेजें
प्रतिक्रियाको लागि