घाँटी सुक्छ
मेरो पहाडको चिसो चिसो कुलो सम्झेर।
घाँटी सुक्छ राजधानीको धुलो सम्झेर।
त्यो नानीको अनुहार सप्पै डढेको थियो।
अझै आमा भकानिन्छिन् चुलो सम्झेर।
बुबा अचेल युवा बेलाका कुरा गर्नुहुन्छ।
सायद हुनसक्छ आँखाको फुलो सम्झेर।
खडेरी लागेपछि गरा पट् पट् फुटेपछि।
मुसा एकोहोरियो पोहोरको दुलो सम्झेर।
उसका आँखा रसाउन अझै छोडेको छैन।
पोलियो सम्झेर त्यो अङ्ग लुलो सम्झेर।
प्रकाशमणि खनाल
हल्दिबारी १ गोल्धाप
झापा नेपाल।
टिप्पणियाँ
एक टिप्पणी भेजें
प्रतिक्रियाको लागि