शान्ति पठाई देऊ

हे!कृष्ण परमेश्वर शान्ति पठाई देऊ।
तापत्रय बाट हजुर लौन बचाई देऊ।

जानु छ खाली  खाली  हात पसारी।
त्यो हात भित्र ईश्वर धर्म लगाई देऊ।

जीवनमा यदाकदा  बाधा पुर्‍याउँछ।
राग द्वेष  अहंकार  सबै  धपाई देऊ।

अवरोहआरोहमा हिँड्दाहिँड्दै पनि।
चिप्लिएर लडें भने सधैं  समाई देऊ।

हे! कृष्ण  घनश्याम मेरो  नन्दलाल।
गरीबको हृदयमा दरबार बनाई देऊ।

-मणि
हल्दिबारी १ गोल्धाप, झापा.
भाद्र श्रीकृष्ण जन्माष्टमी।

टिप्पणियाँ