आमाको काख

आमाको काख जस्तो बुबाको लाख नहोला।
धर्तिको  जत्तिकै  महत्वमा आकाश नहोला।

मर्मिरेमा बेसी झरेर  राती  फर्किने बुवा संग।
म उठ्दा र  सुतुन्जेल  सम्म भेटघाट नहोला।

तर बुवा नशा नशामा मेरो  बगे जस्तो लाग्छ।
पिडा लुकाउँदै हाँसेको झन अन्दाज नहोला।

मेरो बुवाको विश्वास  चाउरीएका  निधारमा।
कहिल्यै हराएन हौसला यद्यपि दाँत नहोला।

बुवाको कथा सायद लौरोले बुझेर होला खै।
आधा झुकेको छ अब जीवन बेहाल नहोला।

खोला तरेर पुल बिर्सिने चलन भाछ अचेल।
ध्यान दिउँ बाढी आउँदा तिम्रो नाक नहोला।

मन र मस्तिष्कमा  हरेक  पल सधैं राज गर्ने।
तिमी संग  हौसला   दिने  त्यो  साथ नहोला।

भाद्र ०५ गते २०७४
कुशे औंसी,
Father's day.

-मणि
हल्दिबारी १ गोल्धाप
झापा, नेपाल।

टिप्पणियाँ