क्रोध लुकाएर मुस्कान देखाउँछ।

यहाँ पैसाले  जिताउँछ पैसाले हराउँछ।
क्रोध सधैं लुकाएर  मुस्कान  देखाउँछ।

वास्तवमै  जिन्दगी बुझ्नु छ भने साथी।
जाऊ  घाटमा कसरी खरानी उडाउँछ।

न दूर हुँदा छुट्छ न नजिक हुँदा जुट्छ।
सम्बन्ध यादले झन  मजबुत  बनाउँछ।

मतलबी संग  बस्दाको  मजा बेग्लै हुने।
थोरै दुःख हुन्छ यद्यपि बाँच्न सिकाउँछ।

समय अनि  भाग्यलाई  याद  गरे विना।
रात्री पछि कर्मले  सधैं विहान ल्याउँछ।

-मणि
हल्दिबारी १ गोल्धाप

टिप्पणियाँ