काल कोठी

समाज गाम  बाट यो  मलाइ  दूर  पारियो।
फकाउदै  दलालले  लगेर  कोठि छाडियो।
कि कर्ममा छ खोट यो ममा दशा लगाउने।
ल भन्नु होस  देव  हे कसोरि  यो  छुटाउने।

मिठा  मिठा कुरा  गरी  विवाह नै  रचाउने।
बनेर  आफना  सधैं सिमा  कयौं  कटाउने।
छ व्याप्त गामबस्तिमा अनेक दुष्ट घुम्दछन्।
शरीर  जालमा लगी   बजार देह  पुग्दछन्।

अचानकै  म  तर्सिए  शरीर बिक्रिमा  हुदाँ।
न सुन्न सक्छ  गामले  बसेर  खाटमा  रुदाँ।
बगेर  आँसुले  सबै   रुझेछ  खाट  रातको।
सुनाइदिन्छ दुःख यो ल सोध बात चाँदको।

न बन्द हुन्छ नेत्र यो  शरीर काँप्छ  रातको।
मुहान आँसु  भेलले सकेन  लान  सासको।
भविष्य अन्धकार भो समाज हेर भिन्न भो।
पिशाच छन् यताउती समाज क्रूर कीन भो।

निधार ओठ खुम्चियो बसेर कोठि चेलिको।
पिचासु यौनको सधैं  लुछेर  देह  हर्छ  त्यो।
अनेक फूल कोपिला  हतारमा  नि  टिप्दछ।
बनेर क्रूर त्यो सधैं  अभाव  मात्र  खोज्दछ।

न सूर्य ज्योति  आउने  न  चाँद  हेर्न पाउने।
र  काल  कोठरी  सधैं  अनेक  दुष्ट  धाउने।
र  गाउँ  बाट  दुष्टले  लुकेर   नर्क  ल्याउने।
समाउ  दैव   दुष्टको   छुटाउ  कैल  आउने।

शरीर  बाट त्यो  सधैँ र रक्त  बग्छ  पैनि झैं।
बुझेन  दुःख  कोहिले पिडा  भएर  बैनि कै।
चिसो भएर उत्तिकै शरीर काँप्छ  साथि हो।
बुबा मुमा नि सप्नमा छेउमा देख्छु राति को।

कराउदा  न  सुन्दछन्  कुनै  महानले  अनि।
छ अन्धकार कोठिमा नखुल्छ पिंजडा पनि।
र  गुज्रिदैछ   जिन्दगी  थला  बनेर   सोत्तर।
छुटाउने   बहादुरी     लिएर   आउ  है  डर।

अनेक  दुष्ट बस्दछन्  ति गाम वस्ति हेरुमा।
रुदैछु   एकलै   गरी   शरीर  को  बजारमा।
म  मृत्यु मात्र  देख्दछु   सुतेर नर्क कोठिमा।
कठीन  बाँच्न भो यहाँ  मरे अनेक चोटिमा।


प्रकाशमणि खनाल (मणि)
हल्दिबारी १ गोल्धाप.

टिप्पणियाँ