किन जीवन यो....
किन जीवन यो अडियो भिरमा।
किन पत्थर खस्दछ यो शिरमा।
किन आज कयौं अपराध भयो।
किन नाम सधैं बदनाम भयो।
किन पत्थर खस्दछ यो शिरमा।
किन आज कयौं अपराध भयो।
किन नाम सधैं बदनाम भयो।
अब बन्नु खुशी हर बात सधैं।
अब भर्नु तिमी शिर माग सधैं।
म गरीब भएँ धुरिमा छ दुलो।
र बलेन धुँवा जल बाट चुलो।
अब भर्नु तिमी शिर माग सधैं।
म गरीब भएँ धुरिमा छ दुलो।
र बलेन धुँवा जल बाट चुलो।
धनमा नि भुलेर गयौ महल।
र ममा नभको घर भो असल।
म त रात भएँ जुन चाँद तिमी।
म त पात भएँ फल पुष्प तिमी।
र ममा नभको घर भो असल।
म त रात भएँ जुन चाँद तिमी।
म त पात भएँ फल पुष्प तिमी।
हर रात नि काट्नु छ यो नभमा।
तन आदत भो नि सधैं जगमा।
दिन बन्धु सखा नभए पनि यो।
अडियो मनमा कसरी जनको।
तन आदत भो नि सधैं जगमा।
दिन बन्धु सखा नभए पनि यो।
अडियो मनमा कसरी जनको।
गमला मनको नि सुकेर सबै।
फुलमा जल त्यो नपरेर सधैं।
हर रात सधैं सपना मनको।
किन भो विपना चकनाचुर यो।
फुलमा जल त्यो नपरेर सधैं।
हर रात सधैं सपना मनको।
किन भो विपना चकनाचुर यो।
दिनमा न छ चैन र रात भरी।
निदरी सपना पनि छैन परी।
झिलमा भिरमा वन यौवनमा।
म फसेर भयो रमिता जगमा।
निदरी सपना पनि छैन परी।
झिलमा भिरमा वन यौवनमा।
म फसेर भयो रमिता जगमा।
छन्द - तोटक
शिर्षक- विरह
शब्द - प्रकाशमणि खनाल
शिर्षक- विरह
शब्द - प्रकाशमणि खनाल
टिप्पणियाँ
एक टिप्पणी भेजें
प्रतिक्रियाको लागि