जीवन

शिखरको   चुचुरो  नि  पुगे  पछि।
अडिन सक्छ र को  त   सधैंभरी।
गगन  माथि   पुगे   पनि  झर्दछन्।
र सजिलै  किन  मानिस  मर्दछन्।
तन    भएपछि   मर्नु   त   पर्दछ।
समय   काल   सबै   तन  लग्दछ।
र न  त आत्म  विना तन जाग्दछ।
न  त  सधैं  कसले  तन  राख्दछ।
सरल   जीवन  काल  भएर   त्यो।
मरणको   मिति  आज  गरेर  त्यो।
तरल  आज  भयो  किन  बातमा।
न  त जवान  नि  राख्दछ साथमा।
अमर को  छ  र  यो  जगमा  भन।
किन त मार्दछ  त्यो  अरुको  तन।
अमर आत्म न मार्न  नि  सक्दछौ।
न त तिमी  जगमा  तन  राख्दछौ।
वचन त्यो  किन आज  भयो झिर।
जन  भए  किन   दुष्ट   सबै  तिर।
सफल  बन्न  सधैं अघि  बढ्दछन्।
तर सबै किन आज ति  लड्दछन्।
भवन भित्र कयौं छ अशान्ति त्यो।
झुपडिमा भन यो किन शान्ति भो।
न  धनले  सुख  मिल्दछ  जान्नु  है।
र  मनले  सुख   मिल्दछ  मान्नु  है।
शिर्षक - जीवन
छन्द - द्रुतविलम्बित
प्रकाशमणि खनाल
हल्दीबारी १ गोल्धाप,
झापा, नेपाल.

टिप्पणियाँ