चित्कार
नारी एकल देख्न आज नहुने बाटो कुना खेतमा।
भोका जीव पुरा गरी हवसको राख्दैछ त्यो पेटमा।
कस्तो काल भयो कलीयुग यहाँ मान्छे पशू भैदियो।
पापी दुष्ट बढेर यो जगतमा हिंसा झनै फैलियो।

बोक्सी हुन्छ भनेर दुष्टजन ती पापी खुबै भुक्दछन्।
अत्याचार गरेर जीवन कयौं मान्छे अझै थुक्दछन्।
मट्टीतेल लगाउदै शरिरमा आगो लगाए अनि।
त्यो पापी किन घुम्छ आज भन हे दोषी भएरै पनि।

झुप्रोमा तन वृद्ध निर्धन हुँदा आरोप त्यो भैदियो।
सारा राक्षसले सधैं शरिरको आधार बाँच्ने लियो।
भन्दैनन् नरमा तिमी नरकमा बाँच्छौ कसोरी भनि।
सुन्दैनन् मनका कयौं विनय त्यो वृद्धा देखेर पनि।

ढुङ्गाका मनमा दया र ममता हुँदै नहूने भयो।
वृद्धा निर्धनको विचार पनि त्यो कुल्चेर पापी गयो।
विश्वासै जब अन्ध हुन्छ जनको मान्छे पशू देख्दछ।
अत्याचार पिडा जहाँ यदि भए प्रकाशले लेख्दछ।
शिर्षक - चित्कार
छन्द - शार्दूलविक्रीडित

प्रकाशमणि खनाल
झापा.
झापा.
टिप्पणियाँ
एक टिप्पणी भेजें
प्रतिक्रियाको लागि