देश र जनता

निधार अंग  घोटिदै बिशाल  राष्ट्र खुम्चियो।
भएर   लम्पसार याँ  अराजनीति  भित्रियो।
र राजनीति यो सबै  त भारु बाट  ग्रस्त  छ।
भुडी भरेर आज त्यो विहोसमा नि मस्त छ।
गएर  देशको सिमा लडेर रोक्न खोज्दछन्।
अनेक ज्यान  गोलिले पखेरु प्राण  हर्दछन्।
म   मृत्यु  मात्र  देख्दछू  घुमेर  हेर्छु  देशमा।
जताततै   छ   त्रास  याँ  गएर  हेर  घाटमा।
जवान  मेरुदण्ड  हो  डटेर  लड्न  सक्दछ।
परन्तु  देशले   युवा   विदेश  माझ  लग्दछ।
हिमाल  राष्ट्रवाद  यो  सिसा  बनेर  टुक्रियो।
परन्तु  प्रतिकारमा  युवा अगाडि  लम्कियो।
गएर   खाउ   पालमा   सुतेर   हेर   रातमा।
अभाव  के  छ  बुझ्दछौ  गएर  हेर  माघमा।
गएर   गाउँबस्तिमा  चुनाव    मात्र  भन्दछौ।
युवा जवान  हातको  थुपारि  भोट  गन्दछौ।
जवान आज व्यस्त छन् गरेर काम खाडिमा।
धजा भयो  धजा भयो  सुकेर  खेत बारिमा।
मरेर  आउछन्  कयौं  भरेर  आज  काठमा।
उपाय के  छ हेर हौ  युवा  ति  रोक  राष्ट्रमा।
शिर्षक - देश र जनता
छन्द - पञ्चचामर
प्रकाशमणि खनाल
झापा.

टिप्पणियाँ