राजधानीले कहिल्यै देखेन
उ त्यो गाउँलाई राजधानीले कहिल्यै देखेन।
त्यो टुप्पाको घरमा पानीले कहिल्यै देखेन।
म त ब्रह्ममूर्तमा बेसी झर्छु र राती फर्कन्छु।
मलाई संतान संगै बिहानीले कहिल्यै देखेन।
यो चिसो बतास र शिरेटोमा तातो ओलन।
जमेको दहिलाई मदानीले कहिल्यै देखेन।
मुग्लान पसेको थियो उ दुई छाक टार्नलाई।
गाउँलाई उसको जवानीले कहिल्यै देखेन।
भँमरा आउँछ र चुसेर जान्छ क्रम जारी छ।
सुख्खा धर्तिलाई बैमानीले कहिल्यै देखेन।
प्रकाशमणि खनाल
गोल्धाप-४, झापा.
टिप्पणियाँ
एक टिप्पणी भेजें
प्रतिक्रियाको लागि