प्रहार गर्नलाई
निको भएको घाउको प्रचार गर्नलाई।
छिमेकी बनी आयौ है प्रहार गर्नलाई।
हत्केलाले प्रकाश छेक्न भनी आज।
किन भयौ उद्यत अन्धकार गर्नलाई।
तिम्रो जीवनको यौवन टेकिरहन्छ त।
किन जान्छौ भन त श्रृङ्गार गर्नलाई।
तिम्रो तिखो वचन कसले धार लायो।
मलाई नै उज्याउने हतियार गर्नलाई।
ती महापुरुषको जीवन कहानीलाई।
अग्रसर बन है तिमी साभार गर्नलाई।
प्रकाशमणि खनाल
गोल्धाप-४, झापा
टिप्पणियाँ
एक टिप्पणी भेजें
प्रतिक्रियाको लागि