रस अनि माधुर्य..

कुनै रस अनि माधुर्य राग बिहिन।
जीवन भयो मेरो सुहाग  बिहिन।।

कोही छ अतिक्रमण  गर्न सक्ने।
भएको छ जीवन विभाग बिहिन।।

मायाँ बिना  यहाँ  कुनै अर्थ छैन।
जन्तु  मर्छ जसरी  खाग बिहिन।।

यहाँ मान्छे मान्छे जस्तो लाग्दैन।
भेटिन मैले  स्वार्थ र दाग बिहिन।

यहाँ कोही त कत्ति विषालु छन्।
कयौं बार जहर भेटें नाग बिहिन।

-मणि
गोल्धाप-४, झापा

टिप्पणियाँ