किनारा बिनाको ...
न टेक्ने छ न समाउने साहारा बिनाको।
समुन्द्र भो जिन्दगानी किनारा बिनाको।
रोशनी जब गुमेपछि मेरो आफ्नै नयन।
औंसीको रात भयो, जुन तारा बिनाको।
त्यो उज्यालो देखेपछि आफ्नै छायाँले।
साथ नै छोडिदियो अभिभारा बिनाको।
न भेटेको भए हुन्थ्यो नि सायद उनीले।
उपवन हुन्थ्यो जीवन बनमारा बिनाको।
आँधीबेहरी भएछ जिन्दगी शुन्य बनेर।
घर भयो छरपस्ट त्यो नजारा बिनाको।
-मणि
प्रकाशमणि खनाल
गोल्धाप-४,झापा.
टिप्पणियाँ
एक टिप्पणी भेजें
प्रतिक्रियाको लागि